सकियो हरिवंश र करिस्माको चिरञ्जीवी भव:


ब्लक बस्टर फिल्म परानका निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ को निर्देशनको अर्को फिल्म चिरञ्जीवी भवः को छयांकन ५१ दिनमा सकिएको छ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको फिल्मको धनकुटा, सुनसरी र काठमाडौंमा छयांकन गरिएको हो। निर्देशक आचार्यले फिल्मको छयांकनमा समय लिएर मेहनत गरेको बताएका छन्। अब पोस्ट प्रोडक्सनको काममा पनि उत्तिकै मेहनत गरेर दर्शकलाई मन पर्ने फिल्म तयार गर्ने उनको भनाइ छ।

सोसल ड्रामा जनरामा बनिरहेको फिल्मले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धलाई मुख्य विषयवस्तु बनाएको छ। हरिवंश आचार्य, करिस्मा मानन्धर, आशीर्वाद क्षेत्री, मोडल एवं इन्प्mलुएन्सर प्रशंसा रायमाझी, कमलमणि नेपाल, रवीन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिश निरौला (कक्रोज), गीता अधिकारी, रुक्मिला अधिकारी, सुस्मिता कुँबर, अशोक धिताल, सुमन ज्योति न्यौपानेलगायत कलाकारले अभिनय गरेको फिल्ममा कुमार कट्टेल (जिग्री ब्रो) को कथा, सविन अधिकारी र वसन्त न्यौपानेको पटकथा र संवाद, निर्देशक आचार्य र हर्क साउदको गीत, बाबु गिरीको संगीत, गम्भीर विष्ट र किरण थापाको नृत्य निर्देशन, शिवराम श्रेष्ठको छाया“कन र मित्र डी. गुरुङको सम्पादन रहेको छ। उमेशकुमार बराल र चिरन केसी निर्माता, गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता रहेका छन्।