नायक पल शाहको निर्माणमा निर्माणाधीन फिल्म यानीमायाको छायांकन सुरु भएको छ। ओम प्रतीकको लेखन तथा निर्देशनमा निर्माणाधीन फिल्मको छायांकन गागलफेदीस्थित फिल्म स्टुडियोबाट सुरु गरिएको हो।
छायांकन सुरु गर्नुअघि निर्माण टिमले शुभसाइत गरेको थियो। पूजाआजा गर्दै फिल्मको शुभसाइत गरिएको हो। निर्माणपक्षका अनुसार फिल्मको सम्पूर्ण छाया“कन ३५ दिनमा सक्ने तयारी छ।
सामाजिक प्रेमकथामा निर्माण हुने फिल्ममा पल शाहसंगै अञ्जना मगर, शिशिर वाङ्देल, गजित विष्ट, लोकेन्द्र लेखक, अंकित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी, नारायणी खत्री, बाल कलाकार शान्न अधिकारी, मोनिका भण्डारीलगायतका कलाकार देखिनेछन्। फिल्ममा कुमार महर्जनको एक्सन, नवराज उप्रेतीको डीओपी, रेनिश फागोको कलर र भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ।
फिल्मको छायांकन काठमाडौंमा १० दिन गरिनेछ। त्यसपछि निर्माण टिम पर्वत प्रस्थान गर्नेछ। ३५ दिनको छाया“कन तालिकामा काठमाडौंसंगै पर्वतका विभिन्न स्थानलाई फिल्ममा समेटिने जनाइएको छ। फिल्म आगामी फागुन ७ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा यसअघि नै गरिसकिएको छ। निर्माणमा पहिलोपटक हात हालेका पलले फिल्म निर्माणको अनुभव आप्mना लागि छुट्टै रहेको बताएका छन्।











प्रतिक्रिया