अर्जुन–साहिबासंगै देखिएपछि…


बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री तथा कन्टेन्ट क्रिएटर साहिबा बालीको सम्बन्धलाई लिएर फेरि चर्चा चुलिएको छ। लन्डनको ऐतिहासिक लड्र्स क्रिकेट मैदानमा केहीअघि भएको एकदिवसीय खेल हेर्न दुवै जना संगै पुगेपछि उनीहरू डेटिङमा रहेको अड्कलबाजीले पुनः गति लिएको हो।

अर्जुन र साहिबा पूर्व भारतीय क्रिकेटर युवराज सिंहसंगै दर्शकदीर्घामा बसेर खेल हेरिरहेको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। सार्वजनिक रूपमा उनीहरू एकसाथ देखिएपछि यसअघि चल्दै आएका सम्बन्धका चर्चाले फेरि बल पाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अर्जुन र साहिबाबीचको निकटता नयाँ विषय भने होइन। यसअघि पनि उनीहरूलाई लिएर डेटिङको चर्चा हुँदै आएको थियो। तर, दुवैले अहिलेसम्म आफ्नो सम्बन्धबारे सार्वजनिक रूपमा कुनै आधिकारिक धारणा दिएका छैनन्। यहीबीच साहिबाले सामाजिक सञ्जालमा राखेको एउटा सन्देशले भने चर्चालाई थप रोचक बनाएको छ। उनले इन्टरनेटमा देखिने सबै कुरा विश्वास नगर्न आग्रह गर्दै अप्रत्यक्ष प्रतिक्रिया दिएकी छन्। उनको यो पोस्टलाई अर्जुनस“गको सम्बन्धबारे भइरहेको हल्लाप्रतिको संकेतात्मक जवाफका रूपमा व्याख्या गरिएको छ।

यद्यपि, साहिबाले आप्mनो पोस्टमार्फत अर्जुनस“गको डेटिङ चर्चालाई पुष्टि वा खण्डन भने गरेकी छैनन्। अर्जुन कपूरले पनि यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

लड्र्सको स्ट्यान्डबाट सार्वजनिक भएका केही तस्बिर र भिडियोले फेरि उनीहरूको सम्बन्धलाई चर्चामा ल्याए पनि अर्जुन र साहिबाको सम्बन्धको वास्तविकता भने उनीहरूकै आधिकारिक धारणा आएपछि मात्र स्पष्ट हुनेछ।