लामो समयपछि निर्देशनमा फर्किएकी अभिनेत्री रेखा थापाद्वारा निर्देशित नया फिल्म माया भनेकै यस्तो होलाको टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले फिल्ममा प्रेम, विवाह, विश्वास, बाध्यता र धोकाबीचको सम्बन्धलाई मुख्य कथावस्तु बनाइएको संकेत गरेको छ।
कवितात्मक लयबाट सुरु हुने टिजरमा जुन केटीसग ‘म विवाह गर्न आए, उनी त्यो थिइनन्, जसलाई मैले माया गरेको थिए भन्ने संवाद सुनिन्छ। यही संवादले फिल्मको मुख्य द्वन्द्व र कथामा रहेको रहस्यतर्फ संकेत गर्छ।
टिजरमा अभिनेता दिल श्रेष्ठको जीवनमा नीति शाह र सृष्टि श्रेष्ठको प्रवेश देखाइएको छ। सुरुवातमा दिल र नीतिको प्रेमलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। उनीहरू स“गै रमाएका, भविष्यका सपना बुनेका र प्रेममा डुबेका दृश्य टिजरमा छन्। तर कथाले मोड लि“दा दिल विवाहको मण्डपमा पुग्छन्, जहा“ उनले माया गरेकी युवती देखिदिनन्।
त्यसपछि टिजरले दर्शकमाझ विभिन्न प्रश्न खडा गर्छ। नीतिको ठाउमा सृष्टि अचानक कसरी आइपुग्छिन्? के उनीहरू दिदीबहिनी हुन्? वा कुनै बाध्यता र धोकाका कारण दिलको विवाह अर्कै युवतीसग हुन पुग्छ? टिजरमा देखाइएका पारिवारिक तनाव, पात्रहरूको आ“सु र ख्यातिप्राप्त अभिनेता मदनकृष्ण श्रेष्ठको गम्भीर अवतारले कथामा भावनात्मक उतारचढाव रहेको संकेत गर्छ। टिजरमा नीति चञ्चल र प्रेमिल देखिएकी छन् भने सृष्टिको चरित्र गम्भीर तथा रहस्यमय देखिन्छ। नम्रता श्रेष्ठको उपस्थितिले पनि कथामा अर्को आयाम थप्ने संकेत गरेको छ।
यसअघि आप्mना फिल्ममा एक्सन र नारी शक्तिलाई प्राथमिकता दि“दै आएकी निर्देशक रेखाले यसपटक भने इमोसनल ड्रामालाई केन्द्रमा राखेकी छन्। टिजरमा समावेश ‘खुसी मेरो आ“खामा देखियोस्, पीडा तिम्रो मनमा भए आ“सु मेरै आँखाले बगाओस्’ जस्ता संवादले पनि फिल्मको भावनात्मक पक्षलाई बलियो बनाएको छ।
सुदीप बरालको छायाकनमा तयार भएको टिजरले फिल्मको कथा सरल रूपमा अगाडि नबढ्ने र प्रेमस“गै थुप्रै ट्विस्ट रहेको संकेत गर्छ। आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्ममा मदनकृष्ण श्रेष्ठस“गै दिल श्रेष्ठ, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन्। लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ, बिनोद पौडेललगायतको पनि अभिनय छ।
दिया एण्ड अमु फिल्म्स्को ब्यानरमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठद्वारा निर्मित फिल्ममा ध्रुव लम्सालको पटकथा र प्रशान्त सिवाकोटीको संगीत रहेको छ। फिल्मलाई देशभर रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्। निर्माण पक्षले प्रेमकथामार्फत सामाजिक भावना र पारिवारिक परिवेशलाई प्रस्तुत गर्ने जनाएको छ।











प्रतिक्रिया