बडिमालिका र खप्तडमा खिचिँदै ए मेरो हजुर ५


निर्माता सुनिलकुमार थापा र अभिनेत्री तथा निर्देशक झरना थापा दम्पतीको ए मेरो हजुर ५ को निर्माण कार्य सुरु भएको छ। शुक्रवार ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभसाइत पूजा गर्दै फिल्मको निर्माण कार्य अगाडि बढाइएको हो।

निर्माता सुनिलकुमार थापाले नेपाली फिल्म उद्योगमा करिब तीन दशकको यात्रापछि नयाँ उत्साह र सपनासहित ए मेरो हजुर ५ को सुरुवात गरेको बताएका छन्। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा अनमोल केसी र सुहाना थापाले मुख्य भूमिकामा निरन्तरता पाएका छन्। फिल्ममा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी र आशा भुसालको पनि अभिनय रहनेछ।

यसपटक निर्देशकसमेत रहेकी झरना थापा स्वयं अभिनयमा फर्किंदैछिन्। ए मेरो हजुरको पहिलो भागमा श्रीकृष्ण श्रेष्ठसँग अभिनय गरेकी झरना करिब २५ वर्षपछि यही शृंखलामार्फत अभिनयमा कमब्याक गर्न लागेकी हुन्। फिल्मको छाया“कन काठमाडौंस“गै बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिका र खप्तड राष्ट्रिय निकुञ्जमा गरिने भएको छ।
फिल्म आगामी २०८४ सालको वैशाखमा प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण पक्षको छ।