अभिनेता समीर भट्ट मुख्य भूमिकामा रहेको फिल्म १२ गाउँ २ को डबिङ धमाधम भइरहेको छ। काठमाडौंस्थित ग्लोबल रिल मोसन पिक्चर्समा आइतवार समीरले आप्mनो पात्रको स्वरँंकन गरेका हुन्।
निर्देशक तथा अभिनेता विराज भट्टले समिरसहित अनुपविक्रम शाही, कालु रानालगायत कलाकारको डबिङ गराइरहेका छन्। डबिङस“गै फिल्मको पोस्ट–प्रोडक्सनका अन्य प्राविधिक कामसमेत निर्धारित तालिकाअनुसार तीव्र गतिमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ।
दशै“को अवसर पारेर फूलपातीको अघिल्लो दिन अर्थात् असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको १२ गाउ“ २, २०८१ सालमा प्रदर्शन भएको सफल फिल्म १२ गाउ“को सिक्वेल हो। विराज भट्टको निर्देशनमा बनेको पहिलो शृंखलाबाटै समीर भट्ट नेपाली फिल्म क्षेत्रमा उदियमान स्टारका रूपमा स्थापित भएका थिए ।
पहिलो शृंखलाको सफलतास“गै समिरको बढ्दो क्रेजका कारण १२ गाउ“ २ लाई प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ। निर्माण पक्षले यसपटक अझ ठूलो क्यानभास, नवीन कथा, सशक्त प्रस्तुति र उच्च प्राविधिक गुणस्तरसहित फिल्म दर्शकमाझ ल्याउने तयारी गरेको जनाएको छ। फिल्ममा एक्सनस“गै मनोरञ्जन, भावना र पारिवारिक कथालाई पनि विशेष प्राथमिकता दिइएको जनाइएको छ।
फिल्ममा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटनी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी, पूर्णबहादुर गन्धर्वलगायत कलाकारको अभिनय छ। सन्तोष सरकारको कथा तथा पटकथा रहेको फिल्ममा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरण र गीता गुरप्पाको ब्याकग्राउन्ड म्युजिक, सियोन श्रेष्ठको नृत्य निर्देशन र महेश पौडेलको छाया“कन रहेको छ।











प्रतिक्रिया