ग्रिनफिल्ड र ज्ञान निकेतन विजयी


काठमाडौं, (नेस) ।

आयोजक ग्रिनफिल्ड र ज्ञान निकेतनले १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् ।

बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्डले सम्पदालाई ३९–१६ ले पराजित ग¥यो । ग्रिनफिल्डको जितमा प्रतिक खत्रीले ७ अंक योगदान गरे । जेन्युन वाइबाको ७ अंक सहयोगमा ज्ञान निकेतनले केइएसलाई २९–२७ ले हरायो ।

सिनियर ब्वाइजमै ब्राइट होराइजनले नेपालयलाई ४७–२०, गण्डकीले ज्ञानोदयलाई ३४–२५, नवीन ज्योतिले हेम्सलाई ३५–३२ र साइन मोडेलले सेबलाई ३८–३५ ले पाखा लगाए । ब्राइट होराइजनका विवेक गुरुङले १४, गण्डकीका सगुन कनायाले ११, नवीन ज्योतिका कृष दानीले १६ र साइन मोडेलका विशेष बलामीले १३ अंक जोडे ।

जुनियर ब्वाइजमा केइएसले माइलस्टोनलाई ३–२, ज्ञान निकेतनले हेम्सलाई १५–५ र नवीन ज्योतिले ग्रिनफिल्ड ‘बी’ लाई १४–७ ले पन्छाए । केइएसका आयुश उपाध्यायले २, ज्ञान निकेतनका सुमन तामाङले १२ र नवीन ज्योतिका प्रिजलले ६ स्कोर गरे ।

सिनियर गल्र्समा ज्ञानोदयले जेसिसलाई १७–१० तथा नवीन ज्योतिले आर्यालाई २०–१९ ले पराजित गरे । ज्ञानोदयकी प्रिन्सेस थापा मगरले १० तथा नवीन ज्योतिकी असिना क्षेत्रीले ९ अंक जोडे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।