लमजुङ।
लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा ७५ वर्षीया काली सार्की घरभित्रै मृत फेला परेकी छन् ।
शनिवार राति आफ्नै घरको कोठामा रहेको खाटमुनि सार्कीको शव फेला परेको हो । उनी घरमा एक्लै बस्दै आएकी थिइन । उनका श्रीमान् र छोराको यसअघि नै मृत्यु भइसकेको तथा छोरी विवाहपछि छुट्टै बस्दै आएकी थिइन ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार सार्कीको घाँटीमा धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनास्थलको अवस्था शंकास्पद देखिएपछि प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ ।











प्रतिक्रिया