दुर्गमको विद्यालयलाई पोसाक र स्टेशनरी सामग्री

3.01k
Shares

दोलखा।

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर– ६ गुर्जपामा रहेको गुर्जपा आधारभूत विद्यालयका विद्यार्थीहरुको लागि स्कूल अफ डेमोक्रेसीको तर्फबाट युवा व्यवसायी एव्म समाजसेवी प्रभुराम श्रेष्ठले विद्यालय पोसाक ट्रयाकसुट तथा स्टेशनरी सामग्री उपलब्ध गराएका छन् ।

कक्षा ८ सम्म पढाई हुने गुर्जपा आधारभूत विद्यालयको लागि समाजसेवी श्रेष्ठले एकसय थान ट्रयाकसुट र स्टेशनरी गरी दुईलाख बराबरको शैक्षिक सामग्री उपलब्ध गराएको पत्रकार एवम् अभियन्ता गोकर्ण प्रसाद भण्डारीले बताए ।

उत्तरी दुर्गम क्षेत्रमा रहेको गुर्जपा आधारभूत विद्यालयमा ९० प्रतिशत विद्यार्थी थामी समुदायका रहेको र उनीहरु निम्न तथा मध्यम बर्गिय परिवारका रहेकोले बिभिन्न संघ– संस्था एवम् सामाजिक व्यक्तित्वबाट प्राप्तहुने सहयोग उपलब्धिमूलक हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर थामीले बताए ।

शुक्रवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर थामीको सभापतित्वमा सम्पन्न ट्रयाकसुट तथा स्टेशनरी सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकार चिरञ्जीवी मास्के, जीवन लामा, गोकर्ण प्रसाद भण्डारी, प्रकाश वस्नेत, राजकुमार भुजेल, प्रधानाध्यापक यामकुमार पाण्डे, सहायक प्रधानाध्यापक खेमबहादुर थामी, शिक्षक लक्ष्मी ओली, शिक्षक– अभिभावक संघकी निरमाया थामी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।