लन्डन, (एजेन्सी) ।
ब्राजिलियन स्टार फुटबलर नेयमार जुनियरले पहेँलो जर्सी लगाउने दिन सकियो भनेको केही दिनपछि नै संन्यासबारे कुनै अन्तिम निर्णय नलिएको बताएका छन् । नेयमारले सन् २०२७ सम्म फुटबल खेलिरहने वा त्यसअघि नै खेल जीवन समाप्त गर्ने भन्ने विषयमा अझै कुनै अन्तिम निर्णय नगरेको बताएका हुन् ।
सोमबार आफ्नो परोपकारी संस्था इन्स्टिच्युटो नेयमार जुनियरको छैटौं वार्षिक च्यारिटी लिलामी कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेयमारले सो कुरा बताएका हुन् । उनलेल बताए—अहिले संन्यास लिने सोचमा छैन । तर‚ डिसेम्बरमा सम्झौता सकिएपछि आफ्नो भविष्यबारे गम्भीर रूपमा विचार गर्नेछु ।
उनले थपे–म अझै कति समय फुटबल खेल्छु भन्ने निश्चित छैन । अहिले नै खेल छोड्ने सोचमा छैन, तर कहिलेसम्म खेल्न सक्छु भन्ने पनि भन्न सक्दिनँ । सान्तोससँग मेरो सम्झौता आगामी डिसेम्बरसम्म छ र त्यसलाई पूर्ण रूपमा सम्मान गर्दै पूरा गर्न चाहन्छु । त्यसपछि सान्तोसमै बस्ने, अर्को क्लबमा जाने वा फुटबलबाट सन्न्यास लिने भन्नेबारे निर्णय गर्नेछु । समय बाँकी नै छ ।











प्रतिक्रिया