लालीगुराँस र हेराल्ड क्वाटरफाइनलमा


काठमाडौं, (नेस) ।

लालीगुराँस नेसनल एकेडेमी र हेराल्ड इन्टरनेसनल कलेज प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

टोखाको साइबाबा चोकस्थित आयोजक प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा लालीगुराँसले भ्याली पब्लिकलाई ४५–३८ ले पराजित ग¥यो । लालीगुराँसको जितमा सुरेश बिसीले १२ अंक योगदान गरे । डेविड राईको १० अंक सहयोगमा हेराल्डले न्युटनलाई ३६–२९ ले हरायो ।
ब्वाइजमै जेभियरले गोल्डेनगेटलाई ३८–३४ तथा सीसीआरसीले ग्रिनफिल्डलाई ६०–३४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । जेभियरका प्रिन्स कुश्वाहले ११ तथा सीसीआरसीका जेनिश अधिकारीले १६ स्कोर गरे ।

ब्वाइजमा क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनल निम्स र लालीगुराँस, सीसीआरसी र गोल्डेनगेट, जेभियर र हेराल्ड तथा मनास्लु र सगरमाथाबीच क्वाटरफाइनल हुनेछ ।