रामबहादुरलाई वाइल्ड कार्ड


काठमाडौं, (नेस) ।

ह्वीलचेयर टेनिस खेलाडी रामबहादुर तामाङले पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुन वाइल्ड कार्ड पाएका छन् ।

राम विपर्टाइट इन्भिटेसन प्रणालीमार्फत पारा एसियाली खेलकुदका लागि छनोट भएको नेपाल ह्वीलचेयर टेनिस संघका अध्यक्ष विकास थापाले जनाएका छन् ।

पारा एसियाली खेलकुदको ह्वीलचेयर टेनिसमा नेपालको पहिलो सहभागिता हुने अध्यक्ष थापाले बताए । पारा एसियाली खेलकुद जापानमा अक्टोबर १८ तारिखदेखि सुरु हुनेछ ।