ग्याँस अभाव हुन नदिन आयल निगमको उद्योगीलाई निर्देशन


काठमाडौं ।

ग्याँस अभाव हुन नदिन आयल निगमको उद्योगीलाई निर्देशनले बजारमा एलपी ग्याँसको सहज आपूर्ति व्यवस्था मिलाउन ग्याँस उद्योगीहरूलाई अनुरोध गरेको छ।

निगमले शनिबार विज्ञप्ति जारी गर्दै १४.२ केजीको ग्याँस सिलिन्डर बिक्री वितरण सुरु भएपछि बजारमा ग्याँस अभाव भएको उपभोक्ताको गुनासो आएको भन्दै आपूर्ति सहज बनाउन आग्रह गरेको हो।

निगमले बिक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिन, खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा ग्याँस बिक्री वितरण गर्न निर्देशन दिएको छ।

ग्याँस नपाएमा कार्यालय समयभित्र हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न पनि निगमले आग्रह गरेको छ। साथै, एलपी ग्याँसको आयात तथा बिक्री वितरण नियमित रहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्याँस खरिद गर्न र अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ।