काठमाडौं ।
सर्वोच्च अदालतले २० जना जिल्ला न्यायाधीशको काज सरुवा गरेको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्माको निर्णयअनुसार विभिन्न जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरूलाई आवश्यकताअनुसार काजमा खटाइएको हो।
अदालतको कामकारबाहीलाई थप प्रभावकारी बनाउन कानुनी व्यवस्थाअनुसार जिल्ला न्यायाधीशहरूको जिम्मेवारी हेरफेर गरिएको सर्वोच्चले जनाएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश नरेन्द्रबहादुर बुढालाई सुर्खेत पठाइएको छ भने सुर्खेतका न्यायाधीश कमलकान्त जोशीलाई काठमाडौँ ल्याइएको छ। भक्तपुर जिल्ला अदालतमा विनोद खतिवडा, गेहेन्द्रराज पन्त, प्रकाश कोइराला र पुरुषोत्तम नेपाललाई काजमा खटाइएको छ।
त्यस्तै, सप्तरी जिल्ला अदालतमा चार जना नयाँ न्यायाधीश पठाइएको छ। सुनसरीका सन्तोषप्रसाद पराजुली, झापाका पुण्यप्रसाद सापकोटा तथा मोरङका बासुदेव पाण्डे र कर्णबहादुर राईलाई सप्तरी खटाइएको हो।












प्रतिक्रिया