जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी


काठमाडौँ । 

जनकपुरधाममा सद्भाव र्‍यालीपछि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ। तनावपूर्ण अवस्था बनेपछि गत बिहीबार दिउँसो ३:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार आज बिहान १० बजेदेखि कर्फ्यु हटाई निषेधाज्ञा लागू गरिएको हो।

सुनसरी घटनाको विरोधमा जनकपुरधामसहित मधेशका विभिन्न जिल्लामा प्रदर्शन भएपछि शान्ति सुरक्षाका लागि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। यसअघि सुनसरी र सिरहाको लहानमा पनि कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको छ।