धनगढी।
कञ्चनपुरमा युवकको हत्या गरी १७ वर्षदेखि फरार रहेका दोषी पक्राउ परेका छन्। पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–४ का ३५ वर्षीय टुकु भनिने राजेश राना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष ६ महिना कैद सजाय तोकिएका रानालाई भीमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनी भारतमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएका हुन्।
रानाले २०६६ सालमा लालझाडी गाउँपालिकाका ३० वर्षीय रामस्वरुप रानाको हत्या गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएका थिए। रामस्वरुप १७ मंसिर २०६६ मा घरबाट हराएका थिए भने १२ दिनपछि उनको शव दोदा नदीमा फेला परेको थियो।











प्रतिक्रिया