काठमाडौँ।
सप्तरी जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सामग्री खरिदका लागि आज बिहान ७ देखि ९ बजेसम्म कर्फ्यु खुकुलो पारेको छ।
यस अवधिमा सर्वसाधारणले दूध, तरकारी, फलफूल तथा खाद्यान्नलगायत अत्यावश्यक वस्तु खरिद गर्न सक्नेछन्। प्रशासनले ९ बजेपछि कर्फ्युको पूर्ण पालना गर्न आग्रह गर्दै पाँच जनाभन्दा बढी व्यक्ति भेला भई उच्छृंखल गतिविधि गरे कानुनबमोजिम कारबाही गरिने जनाएको छ।












प्रतिक्रिया