सिराहाको गोलबजारमा गोली लागेर मृत्यु भएका यादवका परिवार र गृहमन्त्री गुरुङबीच ८ बुँदे सहमति


काठमाडौँ।

सिराहाको गोलबजारमा आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबीच ८ बुँदे सहमति भएको छ।

सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन, गणेशलाई सहिद घोषणा प्रक्रिया अघि बढाउने, परिवारलाई १० लाख रुपैयाँ राहत, दाइ–बहिनीलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा, बुबाआमाको निःशुल्क उपचार, गणेशको नाममा पार्क निर्माण तथा दाहसंस्कारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ।

पोस्टमार्टमपछि शव हेलिकोप्टरमार्फत सिराहा ल्याई परिवारलाई बुझाइने र दोषी जोसुकै भए पनि कानुनी कारबाही गरिने गृहमन्त्रीले बताएका छन्।