आज पनि देशभर वर्षाको सम्भावना


काठमाडौँ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भूभागका धेरै स्थान तथा हिमाली र तराईका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा कोशी, बागमती, गण्डकी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।