ललितपुर ।
ललितपुरका नेवाः समुदायका २१ जातीय तथा खलः पुचलाई एउटै साझा संरचनामा आबद्ध गर्ने यल नेवाः समाजलाई वाग्मती प्रदेश सरकारले नेपालभाषा, संस्कृति र सम्पदा प्रवर्द्धनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको छ ।
समाजको तेस्रो स्थापना दिवसको अवसरमा २०८३ श्रावण १० गते आइतबार ललितपुरमा आयोजित एक समारोहकाको उद्घाटन गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सो प्रतिबद्धता व्यक्त गर्नुभयो । चालू आर्थिक वर्षमा कार्यालय सञ्चालनका लागि ललितपुर क्षेत्र नं २.(२) बाट वाग्मती प्रदेशसभा प्रतिनिधित्व गर्ने रामकृष्ण चित्रकारको तर्फबाट ३५ लाख रुपैयाँ विनियोजित गरेको सन्दर्भमा थप कार्यक्रमको लागि १ करोड रुपैयाँसम्म दिन सकिने मुख्यमन्त्री बानियाँको भनाई थियो।

समारोहमा अधिकाशं वक्ताहरुले नेवाः भित्रको विविधतालाई समेटिएको साझा मञ्चले मात्र अब नेवाःको समग्र हितको मुद्दा उठाउन सकिने धारणा राखें।
ललितपुर महानगरपालिकाका उपमेर मञ्जली शाक्य (आस्था) देखि ललितपुर क्षेत्र नं २ (ख) बाट वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने चित्रकार, नेवाः देयु दबूका केन्द्रीय रश्मिला प्रजापति र नेकपा(एमाले)का जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले सोही विषयमा जोड रहेको पाइएको छ ।नेवाःसमाज नेवाःभित्रको विविधतालाई एकत्रित गर्ने बलियो मञ्चका रुपमा विकसित गर्नुपर्नेमा वक्ताहरुको जोड थियो।
नेवाः समुदायभित्रको आआफ्नो जातिको घेरामा संगठित भइरहेको स्थितिमा समयको माग अनुरूप समाज स्थापना गरिएको समाजका अध्यक्ष नानिकाजी शाक्यले बताउनुभयो।आफ्नो जातिभित्र चल्दै आएको संस्कार, रितिरिवाजको संरक्षणका साथै नेवाः समुदायको हकहित, नेपाल भाषा, संस्कृति र परम्पराको जर्गेना गर्न अलग÷अलग रुपमा कार्यरत ती संगठनले एकीकृत रुपमा समन्वय गर्दै अघि बढ्न समाजले काम गर्दै आएको समाजका अध्यक्ष शाक्यको भनाई रहेको छ ।

नेपालभाषा मंका खलःको संयोजनमा हरेक वर्ष भिन्तुना ¥यालीको संयोजन गर्ने क्रममा, सरकारले २०७५ सालमा प्रस्तावित गरेको गुठी विधेयक विरुद्धको आन्दोलन, २०७७ साल भदौं १८ गते रातो मच्छिन्द्रनाथ पुल्चोकबाट तान्ने क्रममा भएको झडपको घटनापछि ती संगठनलाई आआफ्नो जातीय संगठनको घेराभन्दा माथि उठेर सोच्नुपर्ने, संगै बस्नुपर्ने र मिलेर काम गर्नुपर्ने अवस्था उत्पन्न गराईदिएको थियो।
विभिन्न जातीय समाजबीच पारस्परिक सद्भाव र आपसी साझेदारी गरी समन्नत बनाउने समाजको मुख्य प्र्रस्थापना रहेको छ । समाजको उद्देश्यका रुपमा ललितपुरका मूर्त र अमूर्त संस्कृति, सम्पदाको जर्गेना गर्ने,नेपाल भाषाको प्रर्वद्धन गर्ने मुख्य लक्ष्यहरु राखिएको समाजका उपाध्यक्ष न्हुच्छे नम्कुलले बताउनुभयो ।

विशेषतः पाटनलाई मुख्य कार्यक्षेत्र बनाई क्रियाशील विभिन्न जातीय समाजको संस्थागत प्रतिनिधिमूलक संगठनको रुपमा २०८० श्रावण १० गते बुधबार ताम्रकार समाजका अध्यक्ष विनोद ताम्रकारको अध्यक्षतामा समाजको स्थापना भएको थियो। समाजमा कर्माचार्य, कपाली, खड्गी, चित्रकार, जोशी, तण्डुकार, ताम्रकार, द्योला, नकर्मी, नापित, वाद्यकार, बाराही, बौद्ध विहार संघ, ज्यापू समाज, रजक समाज, रञ्जितकार समाज, राजोपाध्याय , स्यःस्यः,सिकःमी र शिल्पकार समाज आबद्ध रहेको छ ।











प्रतिक्रिया