नवलपरासी।
जिल्लाकाे पूर्वी क्षेत्र गैडाकाेट नगरपालिका १० मा अचेत अवस्थामा फेला परेका २ महिलाको मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार आईतबार दिउँसाे २:३० बजे स्थानीय अकलामाई मन्दिर छेउ २ जना महिला बेहोस रहेको प्रहरी जानकारी हुना साथ घटना स्थल पुगेकाे प्रहरी टाेलीले अचेत महिलाहरूलाई उपचारार्थ स्थानीय नगर अस्पताल लगेको थियो ।
अस्पताल लगिएका दुबै महिलाको उपचारकै क्रममा अपरान्ह २:३७ बजे मृत्यु भएकाे चिकित्सकले घाेषणा प्रहरीले जनाएकाे छ ।
जिप्रका नवलपरासी पूर्वका अनुसार मृत्यु हुनेमा बागलुङ जैमिनी ९ घर भई गैडाकाेट १२ हर्कपुर बस्ने ३८ वर्षीय कबिता राई र जिल्ला भाेजपुर घर भई गैडाकाेट १० पिताैजीमा डेरा गरी बस्ने अन्दाजी वर्ष ४५ कि कान्छी राई रहेका छन् ।
प्रहरीले घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट थप टाेली खटाई अनुसन्धान भई रहेको जनाएकाे छ ।











प्रतिक्रिया