नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाको अध्यक्षमाचन्द्रकृष्ण श्रेष्ठ


भक्तपुर।

नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाको १२ औं साधारणसभा तथा पाँचौं अधिवेशनले चन्द्रकृष्ण (गोपाल) श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार मध्यपुर थिमीमा भएको सो सभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यसमितिमा उपाध्यक्ष (खुला) मा सुरेश श्रेष्ठ, उपाध्यक्ष –महिला) मा रेणु त्वानावासु, सचिवमा देवेन्द्र प्रजापति, कोषाध्यक्षमा प्रकाश मल्ल, सहसचिव (खुला) सत्यराम कासिछ्वा, सहसचिव (महिला) विमला शाक्य रहनुभएको छ । त्यस्तै सदस्यहरू विरेन्द्र खाइजु, उषाकिरण राणा श्रेष्ठ, रविन्द्र किजु र नेत्रमान कर्माचार्य हुनुहुन्छ ।

त्यसैगरी केन्द्रीय पार्षदमा रल्नकाजी प्रजापति, विश्वराम दुवाल, कृष्ण किसि र रामगोपाल तमखु सर्वसम्मत रूपमा चयन हुनुभएको छ।यस्तै, प्रदेश पार्षदमा श्यामकुमार था, हरिबहादुर श्रेष्ठ, ज्ञानदेव श्रेष्ठ र राजन गरु सर्वसम्मत रूपमा चयन हुनुभएको छ।