काठमाडौँ।
महालक्ष्मी विकास बैंक लिमिटेड इन्डियन चेम्बर अफ कमर्स (आईसीसी), कोलकत्ता, भारतद्वारा प्रदान गरिने प्रतिष्ठित बैंकिङ अवार्डबाट सम्मानित भएको छ। बैंकले “राइजिङ स्टार–ग्रोथ” विधाअन्तर्गत उक्त सम्मान प्राप्त गरेको जनाएको छ।
जुलाई २४, २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स’ कार्यक्रममा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो। बिमस्टेक क्षेत्रका प्रतिष्ठित बैंकहरूको सहभागिता रहेको कार्यक्रममा भारत, नेपाल, श्रीलंका, म्यानमार तथा बंगलादेशका बैंकहरूको उपदायी बैंकिङ अभ्यासमा उत्कृष्ट कार्यसम्पादन गरेबापत उक्त अवार्ड प्राप्त गरेको जनाएको छ।
बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय उत्पादनको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँच अभिवृद्धि तथा उत्तरदायी बैंकिङ अभ्यासमा उत्कृष्ट कार्यसम्पादन गरेबापत उक्त अवार्ड प्राप्त गरेको जनाएको छ। बैंकका अनुसार यस सम्मानले अन्तर्राष्ट्रिय स्तरमा संस्थाको पहिचान थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
यसअघि पनि महालक्ष्मी विकास बैंकले गत वर्ष ‘एसेट्स क्वालिटी’ (सम्पत्ति गुणस्तर) विधाअन्तर्गत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको थियो।
‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासहित सेवा प्रदान गर्दै आएको बैंकले देशभर आधुनिक तथा सहज बैंकिङ सेवा विस्तार गरिरहेको जनाएको छ। यसैक्रममा बैंकले हालै काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार उक्त डिजिटल हबमार्फत ग्राहकले प्रविधिमैत्री तथा सहज बैंकिङ सेवाको अनुभव लिन सक्नेछन्।











प्रतिक्रिया