२० वर्ष कैद सजाय पाएका फरार कैदी रौतहटबाट पक्राउ

0
Shares

रौतहट ।

रौतहट प्रहरीले जबरजस्ती करणीपछि बालिकाको हत्या गरी फरार रहेका एक जनालाई पकाउ गरेको छ । २० वर्ष कैद सजाय तोकिएका फरार कैदी प्रभु माझी लाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार २०६८ फागुन २५ गते तत्कालीन बगही–६ (हाल कटहरिया नगरपालिका–७) मा ५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरी हत्या गरेको कसुरमा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजाय सदर भएका प्रभु माझी कारागार कार्यालय गौरमा कैद भुक्तान गरिरहेको अवस्थामा २०८२ भदौ २४ गते केनजी आन्दोलनका क्रममा कारागारबाट फरार रही लुकीछिपी बस्दै आएका माझीलाई गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा कटहरिया नगरपालिका–७ बगहीबाट पक्राउ गरेको हो।

पक्राउ परेका माझीलाई बाँकी कैद सजाय भुक्तानका लागि कारागार कार्यालय गौर चलान गरिएको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले बताउनुभयो ।