काठमाडौं ।
नबिल बैंकले भारतको नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस् २०२६’ मा ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। इन्डियन चेम्बर अफ कमर्स (आइसिसी)द्वारा प्रदान गरिएको उक्त सम्मान बैंकका सञ्चालक मलय मुखर्जीले ग्रहण गरेका हुन्।
बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सरोकारवालाको सहयोगका कारण यो उपलब्धि हासिल भएको जनाएको छ। यसअघि पनि नबिलले युरोमनी अवार्ड्स फर एक्सेलेन्सअन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ सहित तीन अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ।











प्रतिक्रिया