द रोलिङ स्टोन्स स्कूलद्वारा अन्तरविद्यालय कला प्रतियोगिता सम्पन्न


काठमाडौं ।

भीमसेनस्थान स्थित द रोलिङ स्टोन्स स्कूलद्वारा आयोजित अन्तरविद्यालय कला प्रतियोगिता सम्पन्न भएको छ । कामना परिवारको सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत आयोजित प्रतियोगितामा काठमाडौंका करिब एकदर्जन विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।


कार्यक्रमका प्रमुखअतिथि वरिष्ठ कलाकार किरण मानन्धरले विद्यार्थीहरूलाई कला सिर्जनामा निरन्तर लागिरहन प्रेरित गर्दै यस्ता प्रतियोगिताले बालबालिकाको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । विद्यालयका अध्यक्ष सुनिलकृष्ण श्रेष्ठले बालबालिकाको कलालाई प्रोत्साहन गर्न विद्यालयले चित्रकला प्रतियोगिता आयोजना गरेको बताए । उनले भने–विद्यालयले सामाजिक उत्तरदायीत्व अन्तर्गत आयोजना गरेको यो कार्यक्रम महत्वपुर्ण रहेको दाबी गर्नुभयो ।


तपाईहरुले विद्यार्थीलाई सहभागिता गराईदिनु भएकोमा धन्यवाद दिन चाहन्छु, तपाईको स्कुलले आयोजना गरेको यस्तो कार्यक्रममा हाम्रा विद्यार्थीहरुपनि सहभागिता हुने विश्वास दिलाउन चाहन्छु–उनको भनाई थियो । प्रतियोगितामा कलाकार किरण मानन्धरले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।


कार्यक्रममा स्मल हेभेन स्कूल, दिव्यज्ञान, माकुन्स प्ले स्कुल, ग्लोबल भ्याली स्कूल, जगत सुन्दर बोनाकुठे माध्यमिक विद्यालय, परोपकार आदर्श माध्यमिक विद्यालय, होली भिजन सेकेन्डरी स्कूल, श्री चामुण्डा बोर्डिङ स्कुल, स्कुल अफ स्पन्ज लनर्स स्कुल, बेबीजोन प्रि–स्कुल, माउन्ट ग्लोरी बोर्डिङ स्कुल, जुबिलियन्ट स्कुल ,च्याम्स वल्र्ड प्रिस्कुल, टडलर्स एकेडेमी र आयोजक द रोलिङ स्टोन्स स्कुलका विद्यार्थी सहभागि जनाएका थिए ।

बालबालिकामा सिर्जनशीलता, आत्मविश्वास, कल्पनाशक्ति तथा विभिन्न विद्यालयबीच मित्रवत सम्बन्ध विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई सम्मान गर्दै हरेक बालबालिकाको सिर्जना आफैमा विशेष हुने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रममा युकेजी, कक्षा १–३, ४–७ र ८–१० गरी चार तहमा विभाजन गरिएको थियो । प्रतियोगितामा युकेजीतहमा बेविजोन प्रि–स्कुल कलंकीकी साइरा महर्जन प्रथम, स्पोन्ज लनर्स मन्टेश्वरी चागलकी रेबिया सिल्पकार द्धितिय, जुबिलियन्ट स्कुल कालिमाटीकी स्वस्तिक मुखिया तृतिय भएका थिए ।

कक्षा १–३ तह अन्तर्गत स्मल हेवन स्कुलका डेनियल शाही प्रथम, जुबिलियन्ट सेकेन्डरी स्कुल कालिमाटीका सिम्रन श्रेष्ठ द्धितिय र जगत सुन्दर बोनेकोथी का मिना तामाङ तृतिय भएका छन् ।

कक्षा ४–७ तहबाट द रोलिङ स्टोन्सका एलेक्स तामाङ प्रथम, होलीभिजन बोर्डिङका सत्यम श्रेष्ठ द्धितिय र स्मल हेवनका लिष्मा श्रेष्ठ तृतिय भएका छन् । कक्षा ८–१० तर्फबाट जगत सुन्दर बोनेकुथेका रियाना तामाङ प्रथम, श्री चामुण्डा बोर्डिङकी अनिता प्रजा द्धितिय र दिब्यज्ञान सेकेन्डरी स्कुलका विशाल शाह तृतिय भएका थिए । विद्यालयले सिएसआर अन्तर्गत हरेकवर्ष चित्रकला प्रतियोगिता, रक्तदान, बृहत स्वास्थ्य शिविर प्रतियोगिता आयोजना गरिरहेको छ ।