रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, एक जना पक्राउ

0
Shares

रौतहट। 

 रौतहटको गुजरा नगरपालिकामा शुक्रबार एक महिलाको हत्या भएको छ । स्थानीय गुजरा नगरपालिका–५ हरिहरपुर बजार निवासी रेणु देवी कलवारको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

 घटनामा संलग्न रहेको आरोपमा उपेन्द्र साह रहेको स्थानीयले जनाएका छन् । कलवारको हत्या गरेको आरोप लागेका साहलाई स्थानीयले कुटपिट गरी घाइते बनाएका छन् । स्थानीय मोहन साहले दिएको जानकारी अनुसार उपेन्द्र साह कलवार वैदेशिक रोजगारीका लागि कतार बाट करिब दश दिनअघि मात्र नेपाल फर्किएका थिए । 

घटनापछि स्थानीयवासीले सोही स्थानकी नीर कुमारीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । प्रहरीले घटनास्थलको मुचुल्का उठाई थप अनुसन्धान सुरु गरेको जनाएको छ । घटनाको कारण र अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ।