जनकपुरधाम।
चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
ट्राफिक प्रहरी कार्यालय, लहानले ट्राफिक नियम उल्लंघन गरेको ठहर गर्दै सांसद गुप्तालाई ५ सय रुपैयाँ जरिवाना गरेको हो। जरिवाना रकम बुझाएपछि उनलाई ट्राफिक प्रहरीले रसिदसमेत उपलब्ध गराएको जनाएको छ।
यसअघि सामाजिक सञ्जालमा भिडियो भाइरल बनेपछि सांसद गुप्ताले आफ्नो व्यवहार अनुचित भएको स्वीकार गर्दै सार्वजनिक रूपमा क्षमा मागेका थिए। उनले आफू कानुनी कारबाही भोग्न तयार रहेको पनि बताएका थिए।
सांसद गुप्ताले चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। ट्राफिक प्रहरीले भने प्रचलित कानुनअनुसार आवश्यक कारबाही सम्पन्न गरिएको जनाएको छ।











प्रतिक्रिया