काठमाडौं, (नेस) ।
नेपालले पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार भएको श्रीलंकाविरुद्धको खेलमा नेपाल पराजित भएको हो । यसअघि पहिलो खेलमा नेपाल काजाकस्तानसँग हारेको थियो । नेपालले श्रीलंकासँग भएको खेलमा २–१ सेटले अग्रता बनाएपनि हानर बेहोर्नु परेको थियो ।
यो खेल नेपालले २५–१८,२१–२५,१९–२५, २५–२१,१५–११ ले गुमाएको थियो । अघिल्लो दिन काजाकस्तानसँग नेपाली खेलाडीले सानदार प्रदर्शन गरेका थिए । २–० सेटले पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गरेर २–२ सेट बराबर गरेको थियो । तर, निर्णायक तथा पाँचौै सेट नेपालले १५–९ ले गुमाएसँगैं हार बेहोर्नु परेको थियो ।
नेपाल, काजकस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान गरि ६ टोलीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेका छन् । सबैले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । झन्डै एकदशक अघि सेन्ट्रल जोनमा नेपालले कास्य पदक जितेको थियो । पुरुष भलिबलमा नेपालले जितेको त्यो पहिलो अन्तर्राष्ट्रिय पदक पनि हो ।











प्रतिक्रिया