काठमाडौँ।
रामादा बाई विन्धाम इटहरीले श्रावण महिनामा आयोजना हुने बोलबम यात्रामा सहभागी भक्तजनलाई लक्षित गर्दै विशेष सहयोग तथा सुबिधा प्याकेजको घोषणा गरेको छ।
पूर्वी नेपालको प्रमुख धार्मिक यात्रामध्ये एक मानिने बोलबम यात्रामा हरेक वर्ष हजारौं श्रद्धालु सहभागी हुने गर्छन्। भक्तजनहरूले बराहक्षेत्रको चतरास्थित सप्तकोशी नदीबाट पवित्र जल संकलन गरी पैदल यात्रा गर्दै धरानस्थित प्रसिद्ध पिण्डेश्वर महादेव मन्दिरमा पुगेर जलाभिषेक गर्ने परम्परा रहेको छ।
यही धार्मिक यात्रामा सहभागी हुने भक्तजनको सहजताका लागि होटलले विशेष आवास प्याकेज ल्याएको जनाएको छ। प्याकेजअन्तर्गत एक रातको डिलक्स रुम बसाइ, बुफे ब्रेकफास्ट, अतिरिक्त खानामा १५ प्रतिशत छुट, स्विमिङ पुल तथा फिटनेस सेन्टरको सुविधा समावेश गरिएको छ।
होटलका अनुसार एक जनाका लागि बसाइ शुल्क ६ हजार ५०० रुपैयाँ र दुई जनाका लागि ७ हजार ५०० रुपैयाँ तोकिएको छ। तोकिएको शुल्कमा लाग्ने कर भने समावेश गरिएको छैन।
होटलका महाप्रबन्धक अभिमन्यु कायस्थले बोलबम यात्रा यस क्षेत्रको महत्वपूर्ण धार्मिक परम्परा भएकाले यात्रामा सहभागी भक्तजनलाई सहयोग गर्नु आफ्नो दायित्व भएको बताए। उनले यो पहलले भक्तजनको यात्रा थप सहज बनाउनुका साथै उनीहरूको आस्था र समर्पणप्रति सम्मान व्यक्त गर्ने उद्देश्य राखेको जानकारी दिए।
रामादा बाई विन्धाम इटहरीले पूर्वी नेपाललाई धार्मिक, सांस्कृतिक तथा पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै आएको छ। होटलले पिण्डेश्वर महादेव मन्दिर, बराहक्षेत्र धाम र कोशी टप्पु वन्यजन्तु आरक्षलगायत क्षेत्र भ्रमण गर्ने पर्यटकका लागि सुविधाजनक आवासको भूमिका निर्वाह गर्दै आएको जनाएको छ।
इटहरीमा अवस्थित यस होटलमा ८१ वटा कोठा तथा सुइट रहेका छन्। अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा प्रदान गर्दै आएको होटलमा NUA, सुत्र लाउन्ज, एरिया र सुक्र बार गरी चारवटा भोजन स्थल, ब्यान्क्वेट हल, ओपन लन, स्विमिङ पुल र आधुनिक फिटनेस सेन्टरजस्ता सुविधाहरू उपलब्ध छन्।
स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको प्रवर्द्धनसँगै देशका विभिन्न स्थानबाट आउने भक्तजन र पर्यटकलाई सहज, सुरक्षित तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले होटलले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।











प्रतिक्रिया