नवलपरासी।
पूर्वी नवलपरासीको पहाडी गाउँ राम्चेमा जमिन चिरिन थालेपछि स्थानीयलाई सुरक्षित स्थलमा जान प्रहरीले आग्रह गरेकाे छ ।
जिल्लाकाे हुप्सेकाेट गाउँ पालिका वडा नम्बर ५ मा पर्ने धाैवादी देखि पश्चिम उत्तरममा रहेकाे राम्चे गाउँका ७ घर परिवारका ३२ जना मानिस जमिन चिरिए संगै पहिराेकाे उच्च जाेखिममा रहेकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ अनिल पण्डितका अनुसार स्थानीय रूपकला प्राविकाे प्राङ्गण,कच्चि सडक समेतमा धाँजा फाटेर जमिन चिरिए पछि नजिकै रहेका ७ घर परिवारलाई अन्यत्र सुरक्षित स्थलमा सर्न सम्झाई बुझाई गरिएकाे बताए ।
राम्चे गाउँ कावासाेती नगरपालिका भएर बग्ने खहरे केरूङ्गे खाेलाकाे शिर धाैवादी फलाम खानी क्षेत्र नजिक रहेकाे र वर्षाै देखि भूस्खलन हुँदै रहेकाे जाेखिम युक्त क्षेरत्रमा रहेकाे छ ।

पहिराेकै कारण राम्चे गाउँमा जाेखिम बढ्दै गएकाेलेे सम्भावित खतराबाट बच्न स्थानीयलाई वडा कार्यालयमा लैजान प्रहरीसंग समन्वय भई रहेकाे हुप्सेकाेट गाउँ पालिका अध्यक्ष लक्ष्मी देबी पाण्डेले बताइन् ।
मंगलबार साँझ ७ बजे तिर एकाएक जमिन चर्किएकाे जानकारी पाए लगतै प्रहरी चाैकी रूद्रपुरकाे टाेली उक्त स्थानमा पुगी स्थानीय सुरक्षित स्थलमा सर्न आग्रह गरेकाे हाे ।
यसै सम्बन्धमा जमिन चर्किए भन्दा केही नजिकै रहेकाे अर्काे गाउँकि ज्ञानु आले मगरले राम्चेलाई तल माथि दुबै तिरबाट पहिराेले त्रसित पारेकाे बताइन् ।
उनले भनिन दिउसाे पानी परे अहिले पानी बिसाएकाे छ गाउँलेहरू कति पय सुति सकेकाछन् आफूलाई भने केही हुनेहाे कि भन्ने चिन्ताले सताई रहेकाे छ ।











प्रतिक्रिया