काठमाडौँ ।
देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी र हिमाली भूभागका धेरै स्थानमा तथा केही तराई क्षेत्रमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। रातिको समयमा पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहने जनाइएको छ।











प्रतिक्रिया