काठमाडौं
बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री तथा कन्टेन्ट क्रिएटर साहिबा बालीलाई लन्डनको ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा भारत र इङ्ग्ल्यान्डबीच भएको तेस्रो एकदिवसीय क्रिकेट खेल सँगै हेर्दै देखिएपछि उनीहरूको डेटिङको चर्चा फेरि चुलिएको छ। दुवै जना पूर्व भारतीय क्रिकेटर युवराज सिंहसँगै दर्शकदीर्घामा बसेर खेलको आनन्द लिइरहेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूबीच प्रेम सम्बन्ध रहेको अड्कलबाजी फेरि सुरु भएको हो।
यसअघि पनि अर्जुन र साहिबाबीचको निकटतालाई लिएर विभिन्न चर्चा चलेका थिए। लर्ड्समा सार्वजनिक रूपमा सँगै देखिएपछि ती चर्चाले थप बल पाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि, दुवैले आफ्नो सम्बन्धबारे कुनै आधिकारिक पुष्टि गरेका छैनन्।
चर्चा बढिरहेकै बेला साहिबा बालीले सामाजिक सञ्जालमार्फत अप्रत्यक्ष प्रतिक्रिया दिँदै “इन्टरनेटमा देखिने सबै कुरा विश्वास नगर्नुहोस्” भन्ने आशयको सन्देश साझा गरेकी छन्। उनको यो प्रतिक्रियालाई डेटिङको हल्लाप्रति संकेतात्मक जवाफका रूपमा हेरिएको छ। अर्जुन कपूरले भने यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।











प्रतिक्रिया