विश्व सम्पदा समितिको बैठक जारी:  विश्व सम्पदा स्थल लुम्बिनी ‘खतरा’को सूचीमा पर्ने जोखिम

940
Shares

·      सरकार भन्छ-  सुधार गरेका छौ, खतरामा पर्ने सम्भावना छैन

·      विज्ञले दिएको रिपोर्टबारे छलफल हुँदै

·      १९ देखि २९ तारिखसम्म बैठक, नेपालले आज धारणा राख्दै

·       कपिलवस्तुलाई फेरी मनोनयन गर्ने विषय प्रवेश गर्ने तयारी

काठमाडौं ।  

संयुक्त राष्ट्र संघ शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) को बैठकले विश्व सम्पदा स्थल लुम्बिनीक्षेत्र र मायादेवी मन्दिर  खतराको सुचीमा राख्ने कि नराख्ने निर्णय गर्नेछ । हिजो जुलाई १९ बाट युनेस्को विश्व सम्पदा समिति ४८ औ बैठक शुरु भएको छ ।

 आज २० तारिखबाट नेपालको विश्वसम्पदास्थल लुम्बिनीको विषय प्रवेश गर्नेछ । २९ तारिखसम्म चल्ने बैठकमा लुम्बिनी र मायादेवी मन्दिरलाई खतराको सुचीमा राख्ने कि नराख्ने ? भन्ने विषयमा निर्णय गर्ने छ । बैठक दक्षिण कोरियाको बुसानमा जारी छ ।  लुम्बिनीलाई सुधार गर्नुपर्ने विषयमा वेवास्ता गरेको भन्दै आलोचना भैरहेको थियो ।

त्यसविचमा सेसनमा सम्भावित खतराको सुचीमा राख्ने वा नराख्ने विषयमा अध्ययन गर्न युनेस्को विश्व सम्पदाकेन्द्रबाट दुई विज्ञ नेपाल आएका थिए । फेबु्रअसी ४ देखि ११ तारिखसम्म विज्ञद्वय  रोल्याण्ड लि र डा माइकल पियर्सनले लुम्बिनी र मायादेवी मन्दीको अवलोकनगरेका थिए । भ्रमणमा लुम्बिनीक्षेत्र विकासकोष,पुरातत्त्व विभागका अधिकारी र सरोकारवालाको सहभागिता थियो । त्यसबेला सिफारिस गरेको विषय जारी बैठकमा छलफल हुनेछ । नेपालले योवर्ष धेरै सुधार गरेको कारण खतराको सुचीमा नपर्ने अनुमान गरेको छ ।

 यसअघि ४६औं  बैठकमा पनि लुम्बिनीलाई खतराको सुचीमा राख्ने तय भएको थियो । भारत सरकारले असहमति जनाएको कारण रोकिएको थियो । बैठकमा फेरि  सोही विषयले चर्चा पाएको छ । विज्ञ टोलीले मुख्य मन्दिरका मार्करस्टोन र पुरातात्त्विक संरचना भएको मुख्य मायादेवी मन्दीरभित्र पानी रसाउने र छतबाट पानी चुहिने समस्या तत्काल समाधान गर्नुपर्ने सुझाव दिएका थिए 

वर्षाअघि र वर्षापछिपनि जमिनबाट पानी रसाएर पानी भरिने समस्या बढदै गएको, चिसो र ओसको कारण बुद्धजन्मसंग सम्बन्धी मूर्ति र मार्कर स्टोनमा हुनसक्ने क्षतिलाई रोक्न सुझाव दिएको  थियो । अध्ययनको क्रममा टोलीले पानी परेर मन्दीरको भित्रीभाग रसाएर लेउ र ढुसी लाग्ने गरेको पाईएको छ ।

 त्यस्तै मायादेवी मन्दीर नजिकै प्राथनाका लागि निर्माण भएका अस्थायी काठमा संरचना, बत्ती बाल्नको लागि बनाएर घर स्थानान्तरण गर्ने सम्बन्धनमा पनि ध्यानाकर्षण गराएको थियो । विज्ञले दिएको निर्देशनको आधारमा धेरै सुधार गरेको विभागले जनाएको छ ।

 विभागका प्रमुख पुरातत्त्व अधिकृत एवं प्रवक्ता सन्दीप खनालले विज्ञ टोलीले सुझाएको आधारमा धेरै सुधार गरेकोले यो वर्ष खतराको सुचीमा नपर्ने सम्भावना रहेको बताउनुभयो ।भन्नुभयो–विगतवर्ष भन्दा योवर्ष लुम्बिनी परिसरमा  असोभनीय देखिएका धेरै विषयमा सुधार गरिसकेको छौँ  ।

 विज्ञ टोलीले मन्दीर बाहेक अशोक स्तम्भको भिजिटर व्यवस्थापनको सम्बन्धमा तत्काल सुधार गर्न निर्देशन दिएको छ । केही बाहेक सबै सुधार भैसकेको छ । जारी बैठकमा मन्त्रालयका सचिव, सहसचिव, विभागमा महानिर्देशक लगायतले सुधारका विषयमा जानकारी गराउने भएका छन् ।  खतराको सुचीमा राख्नबाट जोगाउन सबै प्रयास गरिसकेका छौ, फेरी खतराको सुचीमा पर्ने सम्भावना छैन ।

  ०८१ सालमा गतवर्ष खतराको सूची हटाए पनि खतरा भने टरेको छैन ।  सन् २०२४मा  जुलाई मा सम्पन्न बैठकले लुम्बिनी क्षेत्रलाई एक वर्षको लागि खतराको सूचीमा राख्नबाट जोगाएको छ । विकास कोषले हालै निर्माण सम्पन्न भएको र निर्माणाधीन बत्ती बाल्नेघर, मेडिटेसन प्लेटफर्म र ५ नं गेटसँगैको संरचनालाई मापदण्डअनुसार तत्काल सुधार गर्नुपर्नेछ । अधिकांश गरिसकेको छ  केही भने बाँकी छ ।  

 सन् २०२२ मार्चमा नेपालमा   प्रतिक्रियात्मक अनुगमन योजना र सोही महिनामा भएको अन्तर्राष्ट्रिय समिति बैठकका सिफारिस पूर्ण रूपमा लागू गर्ने जनाएको थियो । तर, कार्यान्वयन नगरेपछि युनेस्कोले चेतावनी दिएको थियो ।  पुरातात्त्विक महत्वका रूपमा पहिचान गरिएका सम्पदा भित्र वा छेउछाउका क्षेत्रमा थप काम हुनुअघि सम्पदा प्रभाव मूल्याङ्कन गर्नैपर्ने छ । लुम्बिनी विकासकोषले विभागको परामर्श बिना धमाधम काम गिरहेको छ ।

  विभागले दिएको निर्देशन कोषले नमानेको कारण खतराको सुचीमा बस्ने खतरा भएको थियो । लुम्बिनी विश्व शान्ति सहर परियोजना कार्यान्वयन गर्न सम्पदा प्रभाव मूल्याङ्कन तयार गरी विश्व सम्पदा केन्द्रमा पेस गर्नुपर्ने छ । तर कोषले योजना बनाउदा युनेस्को र विभागसंग सहमति नै नलिएको आरोप लागेको छ ।

सबै काम कार्यान्वयन गर्नुअघि सल्लाहकार समितिले समीक्षागर्ने, प्रारम्भिक क्षेत्र रणनीति कागजातहरूको तयारी नोटगर्ने र राज्यपक्षलाई यी कागजातहरूको पूर्णगर्न र अन्तिम रूप दिनुअघि सूचना वैज्ञानिक समितिद्वारा समीक्षाको लागि पेस गर्न प्रोत्साहित गराउने उल्लेख छ ।

कोषले मायादेवी मन्दिरमा कुनैपनि प्रकारका अन्य संरचना निर्माण गर्नुअघि वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुुपर्ने थियो । बृहत्तर लुम्बिनी क्षेत्र र यसको फराकिलो परिवेशलाई प्रक्षेपण गर्ने रणनीति र कार्य योजनाको मस्यौदा तयार गर्नुपर्नेछ। विश्व सम्पदा क्षेत्र लुम्बिनी र मध्यवर्ती क्षेत्रभित्र हालै निर्माण गरिएका अस्थायी संरचनाहरूको सम्पदा प्रभाव मूल्याङ्कन पेस गर्नुपर्नेछ ।

कोषले गुरुयोजना अनुसारमात्रै संरचना निर्माण गर्नुपर्नेछ । यसअघि कोषले युनेस्कोको नम्सअनुसार निर्माण नगरेका कारण नेपाललाई लगातार चेतावनी दिइरहेको छ । कोषले मन्त्रालय र विभागको सहमति नलिइकनै बुद्धिस्ट मेडिटेसन हल,बत्तीबाल्ने क्षेत्र लगायतका संरचना निर्माण गरेको थियो । विज्ञ टोलीले यसैलाई आपत्ति जनाएको छ । अधिकांश विज्ञ टोलीले सुधार गर्न चेतावनी दिएपछि कोषले केही सुधार गरेको थियो । तर अझैपनि पर्याप्त हुन सकेको छैन ।

  बैठकमा सहभागी हुन पर्यटन सचिव मकुन्दप्रसाद निरौला, मन्त्रालयका सहसचिव डा.सुरेशसुरस श्रेष्ठ, पुरातत्त्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङग, विभागका विश्व सम्पदा शाखा प्रमुख देवेन्द्र भट्टराई, हनुमानढोका दरबार हेरचाह अड्डा प्रमुख काजीमान प्याकुरेल लगायत सहभागी छन् । नेपाली टोली आजबाट हुने सेसनमा सहभागी हुनेछन् ।

 गतवर्ष जुलाईमा भारतको राजधानी नया दिल्लीमा सम्पन्न ४६ औ विश्व सम्पदा समितिको बैठकमा विश्व सम्पदा स्थल लुम्बिनी, भगवान बुद्ध जन्मस्थलको संरक्षण सम्बद्र्धन सम्बन्धमा तत्काल अवलम्बन गर्नुपर्ने केही सुझाव निर्देशन दिएको  थियो । बैठकमा बुद्धजन्मस्थल कपिलवस्तुलाई फेरी विश्व सम्पदा क्षेत्रको सुचीमा मनोनयन गर्ने विषय प्रवेश हुने भएको थियो । गतवर्षपनि यस विषय उठाइएको थियो । धेरै काम सकेको छ । यो वर्ष फेरी मनोनयन गर्ने तयारी भएको विभागको भनाई छ ।