लन्डन, (एजेन्सी) ।
इंग्ल्यान्डविरुद्ध कार्डीफको सोफिया गार्डेन्समा सिरिजको दोस्र्र्रो वानडेमा भारतका ब्याटर विराट कोहलीले कीर्तिमान राखेका छन् । विराटले भारतकै खेलाडी राहुल द्रविडको कीर्तिमान तोडेका हुन् । उनी इंग्ल्यान्डमा सबैभन्दा रन बनाउने भारतीय खेलाडी बनेका हुन् । यो खेलमा ४ रन बनाएपछि उनको नाममा कीर्तिमान रहेको हो ।
विराटले इंग्ल्यान्डमा खेलका सबै फरम्याटमा कूल २ हजार ६७७ रन बनाएका छन् । उनले इंग्ल्यान्डमा १९ अर्धशतक र ३ शतक प्रहार गरेका छन् । द्रविडले यसअघि २ हजार ६४५ रन बनाएका थिए । तेस्रो स्थानमा सचिन तेन्दुलकर छन् । जसले इंग्ल्यान्डमा २ हजार ६२६ रन बनाएका थिए । हाल सक्रिय रहेका रोहित शर्मा भने चौथो स्थानमा छन् । उनले इंग्ल्यान्डमा २ हजार ३२४ रन बनाएका छन् ।











प्रतिक्रिया