जीवनमा वास्तविक सफलतालाई प्राप्त गर्नुहोस्

282
Shares

यो जीवन के हो ! तपाईंको जीवन के हो ! तपाईं को हुनुहुन्छ ! यदि ‘म को हुँ, म के हुँ’ भन्ने दृष्टिकोणबाट हेर्ने हो भने जुन–जुन कुरालाई म निर्माण गर्छु ती सदैव रहँदैनन् । जुन–जुन चीजलाई म प्रेम गर्छु, ती सधैँ रहँदैनन् । यो संसारमा मानिसले कस्तो पद्धति निर्माण गरेका छन् भने ‘जागिर खाऊ, व्यवसाय गर, व्यापार गर त्यसपछि धन प्राप्त हुनेछ । अनि, त्यो धनबाट जे तपाईंलाई चाहिएको छ, जे तपाईंको आवश्यकता हो, त्यो पूरा हुनेछ ।’ वास्तवमा तपाईंको आवश्यकता के हो !

तपाईंलाई हावाको आवश्यकता छ । तपाईंलाई तातोपनको खाँचो छ । तपाईंलाई भोजन र पानीको आवश्यकता छ । तीन दिन पानी पाइएन भने हामी बाँच्न सक्दैनौँ । यदि तीन हप्ता भोजन प्राप्त भएन भने हामी जिउन सक्दैनौँ । तीन मिनेट यदि श्वास चल्न सकेन भने त मानिस जीवित रहनै सक्दैन । तथापि, यदि तीन दिन टेलिभिजन हेर्न पाइएन भने त्यस कुराले केही फरक पर्छ र ! यही त बुझ्नुपर्ने कुरा छ, किनभने तपाईंको वास्तविक आवश्यकता के हो ! अनि, कुन–कुन कुरालाई तपाईंले आफ्नो आवश्यकताका रूपमा लिनुभएको छ ! र, त्यसलाई किन आवश्यकताका रूपमा लिनुभएको छ !

आज यो संसारमा झुटो बोलिरहिएको छ । हामी सबैजसो यसैमा अभ्यस्त भएका छौँ । हामी त यसलाई झुटो हो भन्ने समेत ठान्दैनौँ । जो ठग हुन्छ, उसले हामीलाई ठगिरहेको हुन्छ तर हामी यस कुरामा यति धेरै अभ्यस्त भयौँ, किनभने हामीलाई ‘म ठगिएको छु’ भन्ने कुरामा विश्वास नै लाग्दैन । यदि कसैले भन्यो– ‘यो तिमी के गरिरहेका छौ ? तिमी ठगिइरहेका छौ । तिमी आफ्नो जीवनलाई खेर फालिरहेका छौ । तिमीसँग झुटो बोलिरहिएको छ ।’ उल्टै उसलाई नै हामी ‘तिमी झुटो बोलिरहेका छौ’ भनेर भन्छौँ । कुनै पनि कुराको बानी पर्नु भनेको त्यस कुराप्रति सचेत नहुनु पनि हो ।

तपाईं हात्तीलाई देखेर भन्नुहुन्छ– हात्ती आइरहेको छ तर माउतेका लागि केही पनि होइन । किनभने, उसले त त्यसलाई हरेक दिन देखिरहेको हुन्छ । उसका लागि कुनै ठूलो कुरै होइन । यदि तपाईंसँग सोधियो ‘तपाईं कुन–कुन कुरामा अभ्यस्त हुनुहुन्छ !’ भने तपाईं के भन्नुहुन्छ ? वास्तवमा जुन कुरामा तपाईं बढी अभ्यस्त हुनुहुन्छ त्यसका बारेमा तपाईंलाई थाहा नै छैन । संसारमा आज जे भइरहेको छ, त्यो यसकारण भइरहेको छ, किनभने संसारका मानिसहरू यी सबै कुरामा यति धेरै हराइरहेका छन्– कसले झुटो बोलिरहेको छ अनि कसले साँचो बोलिरहेको छ भन्ने कुरा नै थाहा छैन । वास्तविकता के हो ! हामी सबै आफ्नो जीवन यसरी बिताउँछौ जस्तो कि हामी कहिल्यै यो संसारबाट जाँदैनौँ । अनि, कोही यो संसारलाई छोडेर गयो भने हामीलाई एकदमै नराम्रो लाग्छ । आँसु बगाउँछौँ, रुन्छौँ ।

के तपाईं आफ्नो श्वासतिर ध्यान दिनुहुन्छ ? त्यसकै कारणले तपाईं जीवित हुनुहुन्छ । जसलाई सोचेर केही पनि पाइँदैन, तपाईं त त्यसैका बारेमा चिन्ता गर्नुहुन्छ । तपाईंलाई साँचो के हो अनि झुटो के हो भन्नेमा पनि अन्योल छ । झुटोलाई साँचो मान्नुहुन्छ अनि साँचोलाई झुटो मान्नुहुन्छ । हामीलाई राम्रो लाग्ने कुरामात्रै हामी मानिसहरूबाट सुन्न चाहन्छौँ । सत्य कुराचाहिँ सुन्न चाहँदैनौँ । किनकि, हामीले ‘झुटो मीठो हुन्छ अनि सत्य तीतो हुन्छ’ भन्ने बुझेका छौँ तर यस्तो हुँदैन । साँचो कुरा त ‘झुटो तीतो हुन्छ अनि सत्य मीठो हुन्छ ।’ वास्तविक सत्य के हो ? वास्तविक सत्य के हो भने, तपाईं जीवित हुनुहुन्छ । तपाईंभित्र श्वास आइरहेको छ, गइरहेको छ । तपाईंका लागि योभन्दा ठूलो कुरा हुनै सक्दैन । जबसम्म यो आइरहेको छ अनि गइरहेको छ, तबसम्म तपाईंमा ती सृष्टिकर्ताको आशीर्वाद छ ।

तपाईंको दुःखको कारण यो जिन्दगी होइन । तपाईंको दुःखको कारण त असत्यमा अभ्यस्त हुनु हो । तपाईंको जीवनमा सबैभन्दा ठूलो भय पनि यही कुरामा छ, जसमा तपाईं अभ्यस्त हुनुभएको छ । पानीले आफ्नो प्रकृतिलाई कहिल्यै छोड्दैन । बरफ पग्लेर समुद्रमा पुगेपछि पानी बन्छ । तपाईं पनि त्यस्तै हुनुहुन्छ । पानी समुद्रमा मिसिएपछि आफ्ना हरेक चीजलाई छोडिदिन्छ । अनि, जब पानी समुद्रबाट बाफ बनेर निस्कन्छ तब त्यो समुद्रको नुनिलोपनलाई पनि छोडिदिन्छ । यथार्थमा, तपाईंभित्र यो श्वास आइरहेको छ अनि गइरहेको छ, यसकारण तपाईंमा ती सृष्टिकर्ताको कृपा छ । यदि तपाईंले यस कुरालाई जान्न सक्नुभयो, बुझ्न सक्नुभयो भने त्यसपछि यी अनेक दुःखहरू रहनेछैनन् ।

यो जीवनमा आफ्नो वास्तविक सफलतालाई प्राप्त गर्नुहोस् ! आपूmले आपूmलाई चिन्नुहोस् । त्यो परम शान्तिको आनन्द लिनुहोस् । त्यसपछि तपाईं जेसुकै गर्नुहोस्– चाहे सफल हुनुहोस्, चाहे व्यापार अभैm बढोस् । ती कुराले केही फरक पर्दैन । किनभने, तपाईंलाई सत्य र असत्यका बारेमा ज्ञात भइसक्यो । जसलाई सत्य र असत्यको पहिचान हुँदैन, जीवनमा उसलाई सबैभन्दा धेरै भय हुन्छ । तर, जसलाई सत्य र असत्यको पहिचान भइसक्यो भने केही पनि फरक पर्दैन । सत्य के हो र असत्य के हो ? यस कुरालाई बुझ्नुहोस् । आपूmले आपूmलाई चिन्नुहोस् र त्यो परम शान्तिको आनन्द लिनुहोस् अनि आफ्नो जीवनलाई सफल बनाउनुहोस् ।
हामी माटोलाई घृणा गरिरहेका हुन्छौँ । यदि कतै लागिहाले पनि हामी त्यसको सफाइतिर लाग्छौँ । तर, यो शरीर पनि त्यही माटोबाट बनेको छ । अचम्मको कुरा त यो माटो बोल्छ तर यसलाई कसैले चमत्कार ठान्दैनन् । गाई पनि यही माटोबाटै बनेको छ । उसले दूध दिन्छ तर त्यसलाई कसैले चमत्कार मान्दैनन् ।

सत्यमा अभ्यस्त हुनुहोस् । सत्यलाई अपनाउनुहोस् । त्यो सत्य जुन– ‘थियो, छ र रहनेछ ।’ यदि त्यसलाई तपाईंले चिन्नुभयो, बुझ्नुभयो, अपनाउनुभयो भने कुनै पनि यस्तो दुःख हुँदैन, जसद्वारा तपाईं दुःखी हुनुहोस् !
तपाईंलाई प्राप्त भएको मानिसको शरीर ६ वटा पदार्थद्वारा निर्मित छ– हाइड्रोजन, अक्सिजन, कार्बन, क्याल्सियम, नाइट्रोजन अनि फोस्फोरस । हामी सबै यिनै पदार्थबाट बनेका छौँ । मानिस–मानिसका बीचमा हामी जुन अन्तर देख्छौँ, यही अन्तरले नै संसारलाई विभाजन गरिरहेको छ । मानिसले यो कुरालाई भुलिरहेका छन्, उनीहरू जुन पदार्थको मिश्रणद्वारा बनेका छन्, तिनै पदार्थद्वारा अरू व्यक्तिहरू पनि बनेका छन् । तपाईंलाई पनि तिर्खा लाग्छ, मलाई पनि तिर्खा लाग्छ । अनपढलाई पनि प्यास लाग्छ, पढालेखालाई पनि प्यास लाग्छ । गरिबलाई पनि प्यास लाग्छ, धनीलाई पनि तिर्खा लाग्छ । सानो सैनिक जवानलाई पनि तिर्खा लाग्छ अनि ठूला अफिसरलाई पनि तिर्खा लाग्छ । सबैलाई तिर्खा लाग्छ । तथापि, यस्तो दृष्टिकोण राखेर हामीले हेर्न छोडेका छौँ । आज हामी मानिसलाई कुन दृष्टिकोणले हेर्छौँ– सबैभन्दा पहिला उनी महिला हुन्, यिनी पुरुष हुन् । यो गरिब छ, ऊ धनी छ । यो पढालेखा छ, ऊ अनपढ छ ।

हामी सबै मानिस हौँ तर मानिसमा मानवता हराएको छ । मानिसमा मानवता विकसित नभएसम्म विश्वमा शान्ति स्थापना गर्ने कार्य सम्भव हुँदैन । अनि, मानिसमा मानवता तब मात्र आउनेछ, जब उसले आफ्नो मानवतालाई चिन्न थाल्छ– ‘म के हुँ !’ हामीले के कुरालाई बुझ्नु आवश्यक छ भने, हामीलाई जीवित राख्ने हामीभित्रको त्यो कस्तो शक्ति हो ? त्यही शक्तिले हामीलाई जीवित राखेको छ । जुन मानिसको शरीर हामीलाई प्राप्त भएको छ, यो सृष्टिकर्ताको उपहार हो ।

यदि तपाईंलाई कुनै उपहार प्राप्त भयो अनि तपाईंले त्यो उपहारलाई स्वीकार गर्नुभएन भने त्यो उपहार कसको हुन्छ ? जब तपाईंले त्यसलाई स्वीकार गर्नुहुन्छ तब मात्रै त्यो उपहार तपाईंको हुन्छ । त्यसै गरी कसैले तपाईंसँग तीतो कुरा गरे पनि तपाईंले त्यसलाई स्वीकार गर्नुभएन भने त्यो कसको हुन्छ ? उसैको हुन्छ, जसले तीतो बोल्यो । त्यो तपाईंको हुँदैन । ठीक यसै गरी तपाईंलाई सृष्टिकर्ताले यो जीवन दिएका छन् । यदि तपाईंले यो जीवनलाई स्वीकार नै नगरे यो कसको हुन्छ ? उनैको हुन्छ, तपाईंको हुँदैन ।

आफ्नो जिन्दगी जिउनका लागि यो जीवनलाई पनि स्वीकार गर्नु अत्यन्तै आवश्यक हुन्छ । यो जीवन कसको हो ! यदि तपाईंले यो जीवनलाई स्वीकार गर्नुभएमा मात्रै यो जिन्दगी तपाईंको हुन्छ ।एउटा कथा छ । एकपटक भगवान् बुद्ध आफ्ना एकजना शिष्यसँग कतै गइरहेका थिए । त्यस शहरका मानिसहरूले भगवान् बुद्ध र उनका शिष्यलाई देखेपछि सबैले उनीहरूलाई तथानाम गाली गर्न थाले– ‘तपाईं खराब हुनुहुन्छ । तपाईं यो गर्नुहुन्न, त्यो गर्नुहुन्न ।’

भगवान् बुद्धका शिष्यले उनलाई सोधे, ‘यत्तिका धेरै मानिसहरूले हजुरका बारेमा गलत कुरा गरिरहेका छन् । भनिरहेका छन् । के यी कुराहरू सुनेर तपाईंलाई रिस उठ्दैन ?’
त्यसपछि उनले एउटा कचौरा लिएर शिष्यतर्पm सारिदिए । अनि भने– ‘यो कसको हो ?’ उनका शिष्यले भने, ‘यो हजुरको हो ।’
फेरि उनले अलिकति अभैm सारेर सोधे, ‘यो अब कसको हो ?’ शिष्यले भने, ‘यो अहिले पनि हजुरकै हो ।’
उनले यस्तै गरिरहे अनि सोध्दै गए, ‘यो कसको हो, यो कसको हो ?’ शिष्यले भनिरहे, ‘यो हजुरको हो, यो हजुरको हो ।’
अब भने उनले त्यो कचौरालाई ती शिष्यको काखैमा राखिदिए । अनि भने– ‘अबचाहिँ यो कसको हो ?’ शिष्यले भने, ‘यो अहिले पनि हजुरकै हो ।’

भगवान् बुद्धले भने, ‘एकदम सही कुरा हो ।’ त्यसैले जबसम्म म खराबीलाई अपनाउँदिन तबसम्म यो मेरो हुँदैन । अनि यो पनि त्यस्तै कुरा हो– यदि हामीले यस उपहारलाई अपनाउँदैनौँ भने यो हाम्रो हुँदैन । हामी यो संसारमा आउँछौँ अनि एकदिन हामीले यहाँबाट जानुपर्ने हुन्छ । तब मात्रै हामी यसबारेमा सोच्न थाल्छौँ । धेरैजसो मानिसको अवस्था यस्तै हुन्छ । अन्तिम क्षणमा मानिस भन्छ, ‘मैले अहिलेसम्म के गरेँ ?’
तर, अभैm त्यो मौका छ । अहिले तपाईं जीवित हुनुहुन्छ अनि तपाईं ती सबै कार्य गर्न सक्नुहुन्छ, जुन यो जीवनमा सम्भव पनि छ ।

अतः कुरा के हो भने, यो जीवनको एउटा अर्को सौन्दर्य पनि छ– जतिखेर तपाईं यो उपहारलाई स्वीकार्न चाहनुहुन्छ, त्यतिखेरै यो तपाईंको हुन्छ । यसर्थ धेरै केही बिग्रेको छैन । के मात्रै हो भने, जुन दिन तपाईं यसलाई स्वीकार गर्नुहुन्छ, त्यो तपाईंको हुन्छ । जीवित हुँदै यस कुरालाई स्वीकार गर्नुहोस् अनि यसको कदर गर्नुहोस् । जीवित हुँदै के कुरालाई स्वीकार गर्नुहोस् भने, यो जीवन वास्तवमा मेरा लागि प्राप्त भएको हो र मैले आफ्नो जीवनलाई सफल पार्नुपर्छ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता डा. प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)