पोखरीमा हाम फालेका भारतीय युवक मृत भेटिए 

658
Shares

रौतहट । 

माछा पोखरीको पानीमा मङ्गलबार हाम फालेका एक भारतीय युवक मृत भेटिएका छन् । रौतहटको ईशनाथ नगरपालिका–४ ठूलो लचमरीस्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा हाम फालेर बेपत्ता भएका भारतको बिहार राज्य, मोतिहारी जिल्ला, ग्राम पञ्चायत ढाका–३० निवासी २३ वर्षीय मोहम्मद वजिर बुधबार मृत भेटिएका छन् । उनको सनाखत उनकै दाजु जहिर अहमदले गरेका हुन ।

 जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पोखरीमा एक युवक हाम फालेको सूचना प्राप्त भएपछि प्रहरी चौकी मठियाबाट प्रहरी राज कर्ण राउतको नेतृत्वमा तीन सदस्यीय टोली तथा सशस्त्र प्रहरी बल नेपाल बीओपी औरैयाबाट सशस्त्र प्रहरी निरीक्षक बलबहादुर कुँवरको नेतृत्वमा १० सदस्यीय टोली घटनास्थलमा खोजतलास गर्दा शव भेटिएको हो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको र कानुनी प्रक्रिया पुरा गरेर परिवारजनलाई शव बुझाउने प्रहरीले जनाएको छ ।