फुटबल मैदान बेचेर फिफाको कमाईँ गर्ने तरिका


काठमाडौं, (नेस) ।

फिफाले विश्वकपमा आम्दानी गर्ने अर्को एउटा नयाँ तरिका निकालेको छ ।
फिफाले जारी विश्वकपको फाइनल खेल्ने मैदान टुक्रा टुक्रा गरी विक्री गर्ने निर्णय लिएको हो । फिफाको यो निर्णयले सबैलाई आश्चर्यचकित तुल्याएको छ । यस विश्वकपमा पहिले नै टिकटको चर्को मूल्य भएपछि फिफाको आलोचना भएको थियो । अहिले फेरि फिफा अर्को झमेलामा परेको छ ।

फिफाले विश्वकप २०२६ को फाइनल खेल हुने न्यूजर्सीको मेटलाइफ रंगशालाको मैदान टुक्रा गरेर बेच्ने योजना बनाएको हो । प्रत्येक टुक्राको सुरुआती मूल्य ४५० अमेरिकी डलर तोकिएको छ । यो नेपाली मूल्यमा झण्डै ६८ हजारभन्दा बढी रकम हो ।

फिफाले मैदानको टुक्रालाई चार भिन्न भिन्न क्याटगरीमा विक्रीको लागि राखेको छ । यसको मूल्य ४५० डलर, ९०० डलर, १२ सय डलर र ३ हजार डलरसम्म रहनेछ । सबैभन्दा महँगो टुक्राको साथै गोल्डएच्च्ड रेप्लिका टिकट, मिनी वल्र्ड कप बल र क्रिस्टल ट्रफीको प्रतिकृति पनि प्राप्त हुनेछ । हरेक क्याटगरीमा अधिकतम २ हजार २६ टुक्रा उपलब्ध हुनेछ । रिपोर्ट्स अनुसार यो विक्रीबाट फिफालाई ११ मिलियन डलरभन्दा बढी अतिरिक्त रकम आम्दानी हुन सक्नेछ ।

फिफाको स्टोरको अनुसार प्रत्येक टुक्राको आकार १७.५ गुणा १७.५ गुणा रहनेछ । तर, यसमा इन्च, सेन्टीमिटर या मिलीमिटर भनेर युनिट भने खुलाएको छैन । फिफाको वेबसाइटमा समेत लेखिएको छ कि मैदानको टुक्रा अर्डर गर्न सकिनेछ । फिफाले बताएअनुसार अर्डर गरेर बुकिङ गर्ने त्यसपछि फाइनल सकेपछि त्यो अर्डर गरे बमोजिम डिलिभर गर्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ५० ओभरको विश्वकपमा १४ टोलीबाट १२ टोलीमा खेलाउने भएको छ । यसमा सुपर ७ को घटाएको छ ।