काठमाडौँ ।
बालबालिकालाई शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले मनसुनजन्य विपद्, दुर्व्यवहार र हिंसाबाट प्रभावित बालबालिकाको संरक्षण, शिक्षा निरन्तरता तथा जोखिम न्यूनीकरणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।
अभियानले जारी गरेको प्रेस विज्ञप्तिमा कीर्तिपुरस्थित सुन्दरीघाटको बाढी प्रभावित बस्तीका बालबालिकाका विद्यालय पोशाक, पाठ्यपुस्तक र शैक्षिक सामग्री नष्ट भएकाले तत्काल राहत तथा वैकल्पिक शैक्षिक सामग्री उपलब्ध गराउन माग गरिएको छ। साथै सिरहा, बारा लगायत विभिन्न स्थानमा डुबेर बालबालिकाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै जोखिमयुक्त खाल्डाखुल्डी, पोखरी तथा निर्माणस्थल सुरक्षित बनाउन जोड दिइएको छ।
अभियानले बाढी तथा डुबान प्रभावित बालबालिकाको शिक्षा निरन्तरता, बालमैत्री राहत, स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग, उद्धार तथा संरक्षण सेवा सुनिश्चित गर्न र स्थानीय तहमा प्रभावकारी विपद् पूर्वतयारी तथा जनचेतना कार्यक्रम सञ्चालन गर्न सम्बन्धित सबै निकायसँग तत्काल पहल गर्न आग्रह गरेको छ।












प्रतिक्रिया