रौतहट।
मिलापत्र हुन नसकेपछि प्रहरी कार्यालय पु¥याइएका एक युवक डेढ महिनादेखि बेपत्ता रहेको भन्दै परिवारले खोजी गरिदिन माग गरेका छन् । एक बर्ष अघि बौधिमाई नगरपालिका–स्थित हनुमान मन्दिर नजिक प्र २–०३–००१ त ४३१४ नम्बरको जोन्डियर ट्रयाक्टरको ठक्करबाट स्थानीय १४ वर्षीया किरण यादव घाइते भएकी थिइन् । दुर्घटनापछि ट्रयाक्टर धनी एवम् चालक शिवदयाल प्रसाद कुशवाहाले उपचार गराए पनि थप उपचार नगरेको भन्दै पीडित पक्षले उनलाई इलाका प्रहरी कार्यालय गरुडा पु¥याएको परिवारको भनाइ छ । उनको उपचारमा २ लाख ३५ हजार खर्च गरेको ट्रयाक्टर चालकका आमा निर्मला कुमारीले बताउनु भयो । तर घाइतेको हातमा लगाइएको स्टिल निकाल्न ३५ हजार लाग्नेमा घाईतको बुवाले धेरै रकम मागेकाले दिन नसकिएको बताउनु भयो ।
०८२ बैशाखमा भएको घटनाको थप उपचारका लागि अस्पताल लैजानु पर्नेमा रकमको माग गरेकाले दिन नसकिएको उहाँको भनाई थियो । सोही बिषयलाई लिएर घाइतेको बुवा शुभनारायण यादबले गएको जेष्ठ १६ गते गरुडामा ट्रयाक्टर बनाउने क्रममा ईलाका प्रही कार्यालय गरुडा पुरयाएका थिए । प्रहरीले कुश्वाहालाई नियन्त्रणमा लिएको जानकारी उनको आमालाई दिएको र भोलिपल्ट प्रहरी कार्यालय पुग्दा छाडेको जानकारी दिएपनि सोही दिनदेखि कुशवाहा सम्पर्कविहीन भएका छन् ।
उनलाई खोजी गरिदिन माग गर्दै उनकी आमा निर्मला कुमारीले सञ्चारकर्मीसमक्ष गुहार लगाएकी छन् । उनले प्रहरीबाट न्याय नपाएको आरोप लगाउँदै घटनाको छानबिन गरी छोराको अवस्था सार्वजनिक गर्न माग गरेकी छन् । त्यसपछि हालसम्म छोरा सम्पर्कमा नआएको दाबी गरेकी छन् । हाल उक्त ट्रयाक्टर इलाका प्रहरी कार्यालय गरुडामै रहेको छ । यता, इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक शंकर आचार्यले प्रहरीले कुशवाहालाई पक्राउ नगरेको दाबी गरेका छन् । उनका अनुसार दुर्घटनासम्बन्धी विषयमा पीडित र चालक दुवै पक्ष प्रहरी कार्यालयमा आएका थिए र आवश्यक छलफलपछि उनीहरूलाई तत्कालै छाडिएको थियो ।











प्रतिक्रिया