काठमाडौं ।
साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको क्वार्टरफाइनलमा अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले गोल गरे। स्विट्जरल्यान्डका लागि डान एनडोयेले एक गोल फर्काएका थिए।
निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। त्यसपछि अल्भारेज र मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ३–१ को जित दिलाए। अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।











प्रतिक्रिया