काठमाडौं ।
काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ।
आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्याएको थियो।
सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत उनको केहीबेरअघि निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो। उनी श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए।
आत्मदाह प्रयासको कारण भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।











प्रतिक्रिया