धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते


काठमाडौँ

धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते भएका छन्।

शनिबार बिहान करिब ६:२० बजे बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्या भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको गाडी एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा एम्बुलेन्स चालकसहित एम्बुलेन्समा सवार ५ जना र उपमेयर सवार गाडीका ३ जना गरी ८ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया धनुषा पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यी हुन घाइतेहरू–

१. जिल्ला धनुषा, मिथिला नगरपालिका–१ बस्ने अन्दाजी ४९ वर्षीय दिपेन्द्र कुमार महतो (एम्बुलेन्स चालक) (सामान्य)

२. जिल्ला महोत्तरी, गौशाला नगरपालिका–५ बस्ने अन्दाजी ४५ वर्षीय बसन्त कुमार सिंह (सामान्य)

३. जिल्ला महोत्तरी, गौशाला नगरपालिका–५ बस्ने अन्दाजी ४० वर्षीया रेणु कुमारी महतो (मध्यम)

४. जिल्ला धनुषा, मिथिला नगरपालिका–९ बस्ने अन्दाजी ६० वर्षीया राजु देवी (पहिलेदेखि पक्षघात/प्यारालाइसिसकी बिरामी)(सामान्य)

५. जिल्ला धनुषा, मिथिला नगरपालिका–९ बस्ने अन्दाजी ६५ वर्षीय लक्ष्मी महतो (सामान्य)

सरकारी गाडीमा सवार घाइतेहरूको विवरण:

१. जिल्ला धनुषा, धनुषाधाम नगरपालिका–८ बस्ने अन्दाजी ५० वर्षीय बद्री भुजेल (सरकारी गाडी चालक) (सामान्य)

२. अन्दाजी ६५ वर्षीया विद्दा भुजेल, धनुषाधाम नगरपालिकाकी उपमेयर (सामान्य)

३. जिल्ला धनुषा, धनुषाधाम नगरपालिका–८ बस्ने अन्दाजी ७० वर्षीय भीमराज भुजेल (सामान्य)