काठमाडौं ।
आत्मदाह गरेर ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्याय माग गर्दै काठमाडौंको वीर अस्पताल अगाडि प्रदर्शन भएको छ।
शनिबार दिउँसो सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोध गर्दै प्रदर्शन गरिएको हो। सहभागीहरूले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै नाराबाजी गरेका छन्।
प्रदर्शनका कारण वीर अस्पताल क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। गणेश नेपालीको शव आफन्तले अझै बुझेका छैनन्। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
सरकारी पक्षले नेपालीको परिवारसँग शुक्रबारदेखि वार्ता थाले पनि हालसम्म सहमति जुट्न सकेको छैन।











प्रतिक्रिया