काठमाडौँ ।
पूर्वाधार विकास मन्त्रालयले समयमै निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ ।
मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५(९) बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था थियो । तर तोकिएको अवधिभित्र नवीकरण नगरेका ४४ निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेज भएको हो ।
मन्त्रालयले ऐनको दफा ७(३) बमोजिम खारेजी प्रक्रिया अघि बढाइएको र दफा ७(४) को प्रयोजनका लागि सचिवस्तरीय निर्णयअनुसार सूचना जारी गर्दै यसबारे जानकारी दिएको जनाएको छ ।











प्रतिक्रिया