काठमाडौँ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशभित्र सार्वजनिक यातायातका समस्या समाधान गर्न प्रदेश सरकार व्यवसायीसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलासँगको भेटमा उनले दुर्घटनामा घाइतेको उपचार सहज बनाउन सरकारी अस्पतालमा ट्रमा सेन्टर विकास गर्ने र आवश्यक कानुनी व्यवस्था मिलाउने प्रतिबद्धता जनाए।
व्यवसायीहरूले ट्राफिक व्यवस्थापन, दुर्घटना क्षतिपूर्ति र उपचारमा देखिएका व्यावहारिक समस्या समाधानका लागि सरकारसँग पहल गर्न आग्रह गरेका थिए।











प्रतिक्रिया