सुन्दरीघाट डुबानपछि ६५ परिवार खरीपाटी सारिने


काठमाडौँ ।

काठमाडौँ उपत्यकामा अविरल वर्षापछि कीर्तिपुर–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ बसोबास गरिरहेका ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिने भएको छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार बाढीका कारण प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको हो। समितिले यसअघि नै प्रतिपरिवार २५ हजार रुपैयाँ राहत उपलब्ध गराउँदै सुरक्षित स्थानमा सर्न आग्रह गरेको भए पनि केही परिवार सेन्टरमै बसिरहेका थिए। आकस्मिक बाढीपछि सबै प्रभावितलाई खरीपाटीमा सारेर आवश्यक व्यवस्थापन गरिने जनाएको छ।