काठमाडौं।
राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि सरकार र उनका परिवारबीच वार्ता भइरहेको छ।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरअगाडि आत्मदाह प्रयास गरेका नेपालीको शुक्रबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।
उनको निधनपछि न्यायको माग गर्दै परिवारका सदस्य तथा आफन्तले दिनभर प्रदर्शन गरेका थिए। त्यसपछि वीर अस्पतालमै सरकारी प्रतिनिधि र परिवारबीच छलफल सुरु भएको हो।
वार्तामा गृहमन्त्री सुदन गुरुङको सचिवालयका सदस्य अनिल बानियाँ, प्रधानमन्त्रीको सचिवालयका प्रतिनिधि, गृह मन्त्रालयका कर्मचारी तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिव सहभागी छन्। मृतकको तर्फबाट उनका दाजुसहित परिवारका सदस्य वार्तामा सहभागी भएका छन्।
मुगुकै बासिन्दा रहेका अनिल बानियाँले वार्ताको समन्वय तथा सहजीकरण गरिरहेका छन्।











प्रतिक्रिया