काठमाडौँ।
गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको ज्यान बचाउन सरकारले उपलब्ध सबै माध्यमबाट अथक प्रयास गरेको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै गणेश नेपालीको उपचारका लागि कुनै कसर बाँकी नराखिएको दाबी गरे।
संसद्मा बोल्ने क्रममा भावुक बनेका गृहमन्त्री गुरुङले केही सांसदतर्फ संकेत गर्दै उपचार प्रक्रियामाथि प्रश्न उठाउनेहरूप्रति असन्तुष्टि जनाए।
उनले भने, “धेरै साथीभाइहरू घाँटी सुक्ने गरी चिच्याइरहनुभएको देखेँ। तर म सोध्न चाहन्छु, तपाईंहरू कति जना अस्पतालमा उपस्थित हुनुहुन्थ्यो? केवल कराएर वा आलोचना गरेर हुँदैन, जनताको सेवा व्यवहारमै देखिनुपर्छ।”
भाषण सुरु गर्नुअघि केहीबेर भावुक बनेका गृहमन्त्री गुरुङले कठिन परिस्थितिमा सरकार नागरिकको जीवन बचाउन निरन्तर प्रयासरत रहेको पनि बताए।











प्रतिक्रिया