काठमाडौं ।
सिन्धु विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत काभ्रे र चितवनमा वित्तीय साक्षरता तथा शैक्षिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले दोलालघाट र चनौली शाखामार्फत आयोजना गरेको कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सर्वसाधारणलाई वित्तीय सचेतना अभिवृद्धि गर्नुका साथै विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको जनाएको छ।
दोलालघाट शाखाले काभ्रेको दुलालेश्वर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बचतको महत्व, बैंकिङ सेवा, डिजिटल बैंकिङ, सुरक्षित वित्तीय कारोबार तथा वित्तीय अनुशासनबारे जानकारी गराएको थियो। कार्यक्रममा विद्यालयका सबै कक्षाकोठाका लागि फ्यान तथा विद्यार्थीलाई आवश्यक स्टेशनरी सामग्री पनि हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

त्यसैगरी, चनौली शाखाले चितवनको गुन्जानगर माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै विद्यार्थी तथा शिक्षकलाई बैंकिङ सेवाको महत्व, नियमित बचत, डिजिटल भुक्तानी प्रणाली र वित्तीय योजनाबारे जानकारी दिएको थियो। साथै विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामग्री प्रदान गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले वित्तीय ज्ञानसँगै शिक्षा क्षेत्रमा बैंकले पुर्याएको योगदानको प्रशंसा गरेका थिए।

सिन्धु विकास बैंकले समुदायको आर्थिक सशक्तीकरण, वित्तीय पहुँच विस्तार तथा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।











प्रतिक्रिया